हलेसीमा चाम्लिङ सामुदायिक घरबासः खाना र आवासको व्यवस्था

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित ऐसेलुखर्कका राई चाम्लिङ समुदायले सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा ल्याएका छन् । पर्यटकलाई स्थानीय अर्गानिक परिकारको स्वाद चखाउने र चाम्लिङ राई समुदायको संस्कृति अनुभूति गराउने उद्देश्यसहित घरबास सञ्चालनमा ल्याइएको हो । त्रिधार्मिकस्थल हलेसीबाट करिब एक किलोमिटर दूरीमा रहेको उक्त घरबास पर्यटकको रोजाइमा पर्ने राई चाम्लिङ समुदायले विश्वास गरेको छ ।…