काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा प्रतिनिधिसभाको बैठकमा बोल्दाबोल्दै भावविह्वल बनेकी छन्। जेनजी आन्दोलनमा छोरा गुमाएकी खतिवडा आफूलाई ‘छोराको लाससँग सांसद पद साट्न आएको’ भन्दै गरिएको टिप्पणी सम्झिएपछि संसद्को रोस्ट्रममै रोएकी हुन्। विशेष समयमा बोल्दै उनले आफू राजनीतिक रहर वा पदको लालचले संसद्मा नआएको बताइन्। छोरासहित जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारले…