काठमाडौं । भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामा आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन्। बाढी आएपछि उनीहरू सुरुङभित्रै फसेका थिए।
उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।
सुरुङभित्र अझै अन्य व्यक्ति पनि फसेको आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालन गरिएको छ।
सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार भएपछि अझै फसेका अन्य व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ।
रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।




प्रतिक्रिया