काठमाडौं । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘अतिथि सत्कार तथा प्राथमिक उपचारसम्बन्धी एकीकृत तालिम’ आयोजना गरिएको छ । मधेस प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा सो तालिम आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा…