काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाललाई फरक क्षमता भएका व्यक्तिसहित सबैका लागि सुरक्षित, पहुँचयोग्य र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन्। पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ र फरक ढंगले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए। नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विविध कोणबाट प्रस्तुत गर्न…