काठमाडौं । महिला दिदीबहिनीले सञ्चालन गरेको उपासना महिला बचत तथा ऋण सहकारीले १७ औँ साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
संस्थाको प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष अमरावती बलामी (महर्जन)ले साढे १२ करोडको बजेट र वित्तीय अवस्था सार्वजनिक गरिन ।
संस्थाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल १२ करोड ५२ लाख ९६ हजार ८३ रुपैयाँ बराबरको अनुमानित बजेट (पुँजी तथा दायित्व) प्रस्ताव गरेको छ।
लेखापरीक्षित विवरणअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल कारोबार ११ करोड ३९ लाख ६३ हजार २६३ रुपैयाँ रहेको थियो।
संस्थाको वित्तीय सूचकाङ्कअनुसार गत वर्ष सेयर पुँजी १ करोड ६५ लाख ५८ हजार ५ सय रुपैयाँ रहेकोमा आगामी वर्ष १ करोड ८४ लाख ३३ हजार ५ सय पुर्याउने लक्ष्य राखिएको छ। त्यस्तै, बचत सङ्कलन ७ करोड ७८ लाख २६ हजार ४०५ रुपैयाँबाट बढाएर ८ करोड ७१ लाख ६५ हजार ५७४ रुपैयाँ पुर्याउने र कर्जा लगानी (खुद) ८ करोड २९ लाख ५० हजार २९० रुपैयाँबाट बढाएर ९ करोड १ लाख २४ हजार ३१२ रुपैयाँ पुर्याउने लक्ष्य तय गरिएको छ।

चुनौतीबीच सदस्यको विश्वास नै मुख्य शक्ति
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महर्जनले समग्र सहकारी क्षेत्रमा देखिएको आर्थिक सङ्कट, तरलताको उतारचढाव र केही गलत प्रवृत्तिका कारण सहकारीको छविमाथि प्रश्न उठिरहेको अवस्थामा पनि सदस्यहरूको अथाह माया र विश्वासले संस्था सबल रूपमा अगाडि बढेको बताइन।
‘म भन्दा पहिले हामी’ भन्ने भावनाबाट अभिप्रेरित संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रको सदस्यता लिइसकेको जानकारी दिँदै प्रविधिमैत्री सेवाका लागि मोबाइल बैंकिङलाई प्राथमिकतामा राखेको जनाएको छ।
आगामी वर्षका मुख्य योजना र सामाजिक उत्तरदायित्व
साधारणसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न सदस्यकेन्द्रित र सामाजिक कार्यक्रमहरू पारित गरेको छ:
- महिला उद्यमशीलता र सहुलियत कर्जा: सीप विकास तालिमसँगै साना व्यवसाय तथा कृषि सुरु गर्न चाहने महिलालाई सहुलियतपूर्ण कर्जा र बजारीकरणमा सहयोग गर्ने।
- स्वास्थ्य तथा राहत कोष: ज्येष्ठ सदस्य सम्मानसँगै नियमित प्रजनन स्वास्थ्य, सुगर, प्रेसर तथा आँखा जाँच शिविर सञ्चालन गर्ने। साथै, दीर्घरोग (क्यान्सर, प्यारालाइसिस, दुवै मिर्गौला रोगी), सुत्केरी, मृत्यु तथा बाढीपहिरो र आगलागीजस्ता प्राकृतिक प्रकोप पीडित सदस्यलाई आकस्मिक आर्थिक सहयोग उपलब्ध गराउने।
- डिजिटल सुरक्षा र प्रविधि सहायता: मोबाइल बैंकिङ प्रयोग गर्ने सदस्यलाई अनलाइन ठगी (OTP/PIN सुरक्षा) बाट बच्न वित्तीय साक्षरता दिने र चलाउन नजान्ने सदस्यलाई कार्यालयमै ‘प्रविधि सहायता कक्ष’ मार्फत सिकाउने।
- शैक्षिक प्रोत्साहन र बचत सुविधा: नियमित बाल बचतकर्तालाई जन्मदिनको केकसँगै छात्रवृत्ति कोषको व्यवस्था गर्ने तथा ४२ महिनासम्म अनिवार्य गृहिणी बचत गर्नेलाई ५० महिना बराबरको भुक्तानी दिने।
– संस्थाले गत वर्ष पनि सुत्केरी सुविधा, बिरामी भेटघाट, निःशुल्क आँखा शिविर, ग्लोबल मनी डे सचेतना तथा उत्कृष्ट सदस्य, उद्यमी, दम्पती र प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिएको प्रतिवेदनमा उल्लेख छ।

उपासना सम्मानबाट विभिन्न व्यक्ति सम्मानित
सहकारीले आफ्नो साधारण सभाका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरेको छ। उपासना सम्मान नामसहित २०७० देखि आफ्नो सहकारीलाई सहयोग गर्ने, काम गर्ने तथा सेयरधनीलाई सम्मान गर्दै आएको संस्थाकी सचिव मैयाँ चापागाइँले जानकारी दिइन ।
यो वर्ष उपासन सम्मानबाट अधिवक्ता राधेश्याम मण्डल, सहकारी प्रशिक्षक कुबेर निरौलालाई सम्मान गरिएको छ । त्यस्तै सुभेक्षा इन्टरनेशनल हस्पिटलका डा. विवेक महर्जन, समुन्नत नेपाल, चार्टर्ड एकाउन्टटेन्ट इ आर सिग्देल, अरनिको सिंह, मथुरा भट्टराईलाई मायाको चिनोसहित सम्मान गरिएको सचिव चापागाइँले बताइन ।
उत्कृष्ट कर्मचारीबाट संस्थाकी प्रशासनिक अधिकृत रूपिका सोनामलाई सम्मान गरिएको छ भने असल शेयर सदस्य शर्मीला तामाङ, नियमित बचतकर्ता दिलमाया तामाङ, असल कर्जाबाहक लक्ष्मी थापा चापागाई, नियमित दाम्पत्य बचतकर्ता अनिल तथा शर्मिला तामाङ तथा उद्यमशिल महिला सम्मानबाट चन्द्र रेखा चौधरीलाई सम्मान गरिएको छ ।
शेयर सदस्यका +2 उर्तिण गर्ने जस्मिन भण्डारी, एन्जल लामा, कोहिनुर थापामगर, प्राञ्जलराज खनाल, मेलिना थापामगर, दावा तामाङ, एकता बलामी, आँचल चित्रकार, समिर गिरी, एलिना तामाङलाई सम्मान गरिएको छ ।
त्यस्तै ज्येष्ठ नागरिक सम्मानबाट विजया बराल, रुकमणी बलामी, सावित्री थापा, भयेन्द्र केसी, भक्तबहादुर लामा, कान्छी गौतम र कान्छी कार्कीलाई सम्मान गरिएको छ । त्यस्तै भाइराजा श्रेष्ठ, गणेशमाया चित्रकार, गंगा महर्जन, गणेशमाया चित्रकार तथा रामहरि नगरकोटीलाई सम्मान गरिएको छ ।





प्रतिक्रिया