इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास सबै महँगिए, यात्रा थप महँगो हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । निगमले पछिल्लो मूल्य समायोजनअनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गमा २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो…