नेपालको प्रसिद्ध तीर्थस्थल पाथिभरा ताप्लेजुङमा पर्दछ । अन्न भरिएको पाथीजस्तो देखिने ताप्लेजुङको डाँडालाई पाथिभरा (३,७९४ मिटर) का नाउँले चिनिएको छ । त्यहाँबाट कुम्भकर्ण, कञ्चनजंघा हिमशृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र लिम्बुहरुको बहुल्यता भएको क्षेत्र हो । कुम्भकर्णलाई लिम्बूहरू फक्ताङलुङ भन्छन् । पाथिभरामा सिंहवाहिनी देवीका मूर्ति छन् । पाथिभरा दर्शन गरे जन्मै हातखुट्टा नचल्नेका पनि…