मान्म (कालीकोट) । कालीकोटको तिलागुफा नगरपालिकाले पर्यटकीय विमानस्थल निर्माणका लागि पहल थाल्ने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा पर्यटकीय विमानस्थल निर्माणका लागि पहल गरिने भएको हो । नगरपालिकाभित्र पर्यटकीय क्षेत्र रुडुबन्चु पाटन, पुगमालिका लगायतका पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय विमानस्थल निर्माण गर्ने जनाइएको हो । नगरपालिकाको मालिका काँध भटारी पर्यटकीय…