काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले सोमबार ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २० दिनको लागि ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
चालु आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले लगातार तरलता खिचिरहेके छ । तत्काल अधिक तरलताको दवाब कम नहुने देखेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट बैंकहरुले अनिवार्य नगद मौज्दात (सीआरआर) दैनिक रुपमा ९० प्रतिशत कायम गरी राष्ट्र बैंकका राख्नुपर्ने व्यवस्था गरेको छ । त्यसअघि सीआरआर दैनिक रुपमा ७० प्रतिशत कायम गरी राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था थियो ।
प्रतिक्रिया