ताप्लेजुङ । हिमाली पर्यटनको अनुपम गन्तव्य ताप्लेजुङमा आयोजित चौथो ताप्लेजुङ गोल्डकप खेलकुदसँगै पर्यटन प्रवर्द्धनको आकर्षक माध्यम बनेको छ। भारी वर्षा र हिलाम्मे मैदानबीच भएको रोमाञ्चक फाइनलमा सिराहाको सलहेस युवा क्लबले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्यो। सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोलले टोलीलाई च्याम्पियन बनायो। तर, ताप्लेजुङको…