काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘चालू पुँजीकर्जासम्बन्धी मार्गदर्शन, २०७९’ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले मार्गदर्शनद्वारा तोकिएकोभन्दा बढी सीमामा प्रवाह गरेको कर्जा असुलीका लागि समय थप गरेको छ । उक्त मार्गदर्शनले तोकेको सीमाभन्दा बढी कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो रकमलाई यही असार मसान्तसम्म अर्धवार्षिक रूपमा भुक्तानी हुनेगरी आवधिक कर्जा शीर्षकमा मिलान गर्नुपर्ने व्यवस्था रहेकामा…