जस्बिरे चियाको विश्वयात्रा : इलामको गाउँबाट अमेरिका–युरोपसम्म

काठमाडौं । विसं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलुखेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका–४ जस्बिरे गाउँ आइपुगेका थिए । रिसालले यहाँ आउँदा आलुखेती मात्र सिकाएनन् । उनले चिया रोप्न पनि सिकाए । त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरुले चिया उद्योग…