विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा अघि सारेको छ। कृषि, पूर्वाधार र ऊर्जा जस्तै पर्यटनलाई पनि रोजगारी, लगानी र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्ने प्रयास गरिएको देखिन्छ। “कोशी प्रदेश भ्रमण वर्ष” घोषणा गर्ने तयारीदेखि धार्मिक सर्किट, पदमार्ग, हिलस्टेशन, वेलनेस हब र जल…