मिथिलामा आज सतुवाइन पर्व मनाइँदै

काठमाडौं । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ । चाडपर्वको धनी मानिएको मिथिला क्षेत्रमा पर्ने महोत्तरीसहित धनुषा, सर्लाही, सिन्धुली, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरीलगायतका प्रत्येक घरघरमा आज एकाबिहानै घरका सबै सदस्यले सबैभन्दा पहिले सातु खाएर सतुवाइन पर्व मनाइरहेका छन् । मिथिलामा सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा रहेको…