काठमाडौं । नेपाली महिलाको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पर्वतेली दिदीबहिनी तथा दाजुभाइलाई एकै थलोमा भेला गराएर दर खाने तथा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। दिदीबहिनी मिडिया हाउसको आयोजनामा आगामी भदौ २० गते शनिबार काठमाडौंको बसुन्धारास्थित यति इभेन्ट पार्टी प्यालेसमा ‘हरितालिका तीज–२०८३ विशेष दर कार्यक्रम’ आयोजना हुन लागेको हो। कार्यक्रममा पर्वत…