काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्न लागेको फिल्म ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त भएको छ । निर्माण पक्षले मंगलबार कमलादीस्थित क्यामेरा र स्क्रिप्टको पूजा गरेको हो । मुहुर्त कार्यक्रममा फिल्मका शीर्ष कलाकारहरु नायक अर्पण थापा, नायिका श्रृष्टि श्रेष्ठ र नायक आयुसमान जोशी पनि उपस्थित थिए ।निर्देशक चौहानले यो फिल्मको छायाङ्कन बिहीबार अर्थात् जेठ २२ गतेबाट सुरु हुने…