म्याग्दी । अन्नपूर्ण नर्थ पदमार्गमा पदयात्रा जाने पर्यटकको संख्या बढेसँगै नारच्याङ गाउँ होमस्टेमा पनि पर्यटकको चहलपहल बढेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा विगत ८ वर्षदेखि होमस्टे प्रवर्द्धन गरिए पनि अपेक्षा अनुसार पर्यटक आएका थिएनन्। होमस्टे सञ्चालक सीता तिलिजा पुनका अनुसार पदमार्गमा पर्यटक आउन थालेपछि होमस्टे बस्न आउनेहरू पनि बढेका हुन्। ‘अन्नपूर्ण पदमार्गमा आउने पर्यटक…