बिजुली अनियमित भएपछि पोखराका व्यवसायीले भने– पर्यटकलाई दिने सेवामा असर पर्‍यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाउँदै पोखराका पर्यटन व्यवसायीले विद्युत सेवा नियमित गरिदिन माग राखेका छन्। प्राधिकरणको पोखरा वितरण केन्द्रमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले विद्युत आपूर्ति नियमित नहुँदा पर्यटकलाई प्रदान गर्ने सेवामा असर परेको बताएको छ। उनीहरूले बिजुली झ्याप्पझ्याप्प जाँदा विद्युतीय उपकरण बिग्रिएको र होटल, रेष्टुरेण्ट लगायत व्यवसायमा प्रत्यक्ष असर परेको उल्लेख गरेका छन्।…