मुस्ताङ । जेनजी आन्दोलन तथा बाढीपहिरो जस्ता विपत्तिले पर्यटकीय चहलपहल घट्ने अनुमानविपरीत मुस्ताङमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक तथा प्राकृतिक सुन्दरताका कारण मुलुककै महत्वपूर्ण गन्तव्यमा पर्ने मुस्ताङमा यस वर्षको पहिलो छ महिनामा तीन लाखभन्दा बढीले भ्रमण गरेका छन् । बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाईमार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङमा वैशाखदेखि असोजसम्म…