काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्य तीव्र पार्न दैनिक राति ७ घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति ११:४५ बजेदेखि बिहान ६:३० बजेसम्म ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न विमानस्थल बन्द रहने भएको हो । विमानस्थल कार्यालयद्वारा…