ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेला: सभ्यता, आस्था र प्रकृतिको अनुपम सङ्गम

काठमाडौं । ‘ढुङ्गे साँघुको मेलामा… भेट भएको बेलामा’ देउराली ब्याण्डको यो कालजयी लोकपप गीतले धेरैलाई ‘नोस्टाल्जिक’ बनाउँछ । तर यो गीतका शब्दमा मात्र सीमित छैन, पोखरा महानगरपालिका–१७ महतगौँडास्थित सेती नदीको किनारमा रहेको ढुङ्गेसाँघुले पोखराको आदिम इतिहास, भूगोल र धार्मिक आस्थाको एक विशाल कालखण्ड पनि बोकेको छ । हरेक वर्ष माघ १ गते लाग्ने माघेसङ्क्रान्ति मेला…