काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले यही असार १४ र १५ गते गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी काव्य महोत्सव गर्ने भएको छ । मौलिक सृजनाका माध्यमद्वारा सम्बन्धित विषयका उपयोगी कृतिहरू तयार गर्ने, गराउने उद्देश्यले मोफसलका साहित्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न प्रतिष्ठानले तनहुँको दमौलीमा महोत्सव गर्न लागेको हो । उक्त प्रदेशका ११ जिल्लाका नारी कविहरूको कविता…