स्थानीय चिनारी बोकेका स्तम्भले बढाउँदै तेह्रथुमको आकर्षण

काठमाडौं । तेह्रथुमको वसन्तपुर बजार गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे)क्षेत्र प्रवेश गर्ने प्रवेशद्वार हो । यहाँस्थित लालीगुराँस नगरपालिकाको सेवा केन्द्र रहेको पर्यटकीय बजार पुग्दा मुख्य चोकको बीच सडकमा निर्मित लालीगुराँसको स्तम्भले सबैभन्दा पहिले स्वागत गर्छ । स्तम्भले गुराँसको राजधानी टिएमजे क्षेत्र पुगेको सङ्केत गर्छ । यो स्तम्भ २०७१ सालमा तत्कालीन पर्यटन कार्यालय काँकरभिट्टाको रु तीन लाख…