श्रद्धेय व्यक्तित्व गणेश रसिकसँग पचासको दशकमा भोजपुरमा भेट भएको हो । त्यसबेला मैले स्कुले शिक्षा पनि छिचोलेको थिइनँ । मनभित्र थुप्रै सपना थिए । राजनीति, साहित्य, सामाजिकलगायत हरेक क्षेत्रमा जिज्ञासा थियो । भाषण गर्थेँ, कविता कोर्थें, नाटक लेख्थेँ, निर्देशन गर्थेँ । सामाजिक काममा उत्तिकै सक्रिय थिएँ । लाग्थ्यो, मैले नसक्ने केही थिएन । मेरा अग्रजहरू…