काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ । गाउँपालिका–५ मा रहेको बिगल र पाथरकाका पाँच घरपरिवारलाई गैरीगाउँमा अस्थायी टेन्ट निर्माण गरी बास बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए । ‘घरनजिकै पहिरो खसेको छ। भोलि ठूलो घटना नहोस् भनेर तत्काल सुरक्षित स्थानमा सारिएको हो,’अध्यक्ष बोहराले…