काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले कोदो दिवसको अवसरमा विभिन्न प्रवर्द्धनात्क कार्यक्रम सञ्चालन गरेको छ । ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवको आधार’ भन्ने नाराका साथ कोदाको परिकार प्रदर्शनसहित कोदो रोपण गरिएको छ ।फेदीखोला गाउँपालिका -१ रामकोटमा शुक्रबार आयोजित कार्यक्रमकाबीच कोदो रोपणका साथै कोदोका बहुउपयोगी परिकार प्रदर्शनी गरिएको पालिका अध्यक्ष धनश्याम सुवेदीले जानकारी दिए…