काठमाडौं । नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ । ललितपुरस्थित चापागाउँमा तीन वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले केही समयअघि…