काठमाडौं । नेपाली सेनाले उदयपुर जिल्लाका ऐतिहासिक तथा सामजिक दृष्टिले महत्वपूर्ण गढीहरूलाई पैदल मार्गमार्फत जोड्ने उद्देश्यसहित उदयपुरगढी चौदण्डीगढी पदयात्रा सञ्चालन गर्ने भएको छ। गाईघाटस्थित पशुपतिप्रसाद गणको आयोजनामा पुस २१ गतेदेखि २७ गतेसम्म पदयात्रा गरिनेछ। नेपाली सेनाले अघिल्लो वर्षदेखि सुरु गरेको पदयात्रालाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम अघि बढाएको हो। पदयात्राको तयारीस्वरूप मंगलबार स्थानीय जनप्रतिनिधि,…