काठमाडौं । उद्धारमा सक्रिय विनोद श्रेष्ठका अनुसार सुरुङभित्रको अवस्था अहिले अत्यन्त कठिन बनेको छ । बाढीले बगाएर ल्याएका मुढा, ठूला–ठूला बोल्डर तथा आरसीसी संरचना भासिएर थुप्रिँदा सुरुङको भित्री भागसम्म पुगेर खोजी गर्न कठिन भइरहेको छ ।
‘भित्रसम्म जाने बाटाहरू बन्द जस्तै छन् । प्रारम्भिक चरणमा जुन किसिमको सहजता थियो, अहिले अवस्था त्यस्तो छैन । कठिन बनेको छ,’ श्रेष्ठले भने ।
उद्धार टोलीले सुरुङभित्रको अवस्थाबारे फोटो तथा भिडियोमार्फत समेत निरीक्षण गरेको र सुरक्षा निकायका जिम्मेवार अधिकारीबाट अवस्थाको भेरिफिकेसन गरिएको उनले बताए । सुरुङभित्रको अवस्था चुनौतीपूर्ण भए पनि खोज तथा उद्धार कार्य नरोकिने श्रेष्ठको भनाइ छ ।
‘रेस्क्यू जारी राख्छौँ । सकेसम्म प्रयास गरिरहेका छौँ,’ उनले भने ।




प्रतिक्रिया