राजु पाण्डेको निलम्बनपछि विष्णु प्रसाद जोशीलाई निमित्तको जिम्मेवारी


काठमाडौँ — काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेपछि महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एसएसपी पाण्डेलाई निलम्बन गर्दै जोशीलाई जिम्मेवारी तोकेको हुन्।

जोशी यसअघि काठमाडौँ महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत थिए। उनले आफूलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी प्राप्त भएको बताएका छन्।