टीएमजे


संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा पर्ने तीनजुरे, मिल्के, जलजले (टीएमजे) पर्यटकीय पदमार्ग विश्वकै उत्कृष्ट पदमार्ग गन्तव्यको रुपमा चिनिँदै आएको छ । एक नम्बर प्रदेशकै एक मात्र उत्कृष्ट प्राकृतिक स्रोत र साधनले भरिपुर्ण मानिन्छ ।

टीएमजे क्षेत्रमा विस्तार हुँदै गरेको बस्ती

गुराँसको राजधानी टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ । विश्वमा पाइने ४२ प्रजाति मध्ये नेपालमा पाइने ३२ प्रजाति हो । यसमा २८ प्रजाति यस क्षेत्रमा पाइनाले यो क्षेत्रलाई राजधानी मानिएको हो ।

मुख्य आकर्षण

१२ महिना अध्ययन अवलोकन र पैदलयात्राका लागि उपयुक्त मानिने टिएमजे क्षेत्र चार हजार पाँचसय मीटर उचाइसम्म फैलिएको छ । बसन्त ऋतुमा लागिगुराँस धकमक्क फुलेको हेर्न सकिन्छ भने अन्य सिजनमा प्राकृतिक सुन्दरता गुफापोखरी, खोपिङ पोखरी, भुतपोखरी, जलजला पोखरी प्रत्यक्ष हेर्न सकिन्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी मुख्य आकर्षण हुन । हिमाली चौरी पालन र भेडाका बथानलाई वास्तविक रुपमा टीएमजेमा हेर्न पाइन्छ ।

चरनका चौरी

मनास्लु, धौलागिरी जस्ता चर्चित पदयात्रा क्षेत्र भन्दा बढी भर्जिन प्राकृतिक सुन्दरता भए पनि यसलाई राज्यले प्रचारप्रसार र विकास गर्न कम चासो देखाएको स्थानीय नागरिकको गुनासे पनि पाईन्छ । केही समय अघिसम्म टीएमजे क्षेत्र हुदै गोर्जा ताप्लेजुङ जाने ट्रेकिङ रुटसमेत बाटो अभावका कारण बन्द हुन पुगेको छ । अध्ययन र अवलोकन गर्ने विद्यार्थीका लागि यो पहिलो प्राथमिकतामा पर्ने गरेको छ ।

के पाईन्छ

पदमचाल, कुड्की, विखुमा, सतुवा, ठुलोओखती, बिष, वन लसुन, यार्सागुम्बा जस्ता लोपन्मुख दुई दर्जन बढी जडिबुटी पनि यसै क्षेत्रमा प्रसस्त पाइने गरेको छ । एक सय २० प्रजातिको पुतली, लिडेमुसा, रातोपाण्डा, हिउँचितुवा, लोपन्मुख प्रजातिका चरा पनि पाइने गरेको बिज्ञहरुले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पञ्चपोखरी

कसरी पुगिन्छ टीएमजे

काठमाण्डौबाट धरान, धनकुटा, बसन्तपुरसम्मको मोटर यात्रा पछि टुटेदेउराली देखि पैदल यात्रा शुरु गर्नु पर्ने हुन्छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बु, तामाङ, जातीको परम्परा। संस्कृति, भेषभूष, रहनसहन पनि मुख्य हो । काठमाण्डौबाट जहा

टीएमजे क्षेत्र

जमा विराटनगर झरेर धरान हुदै पुग्न सकिन्छ ।

चौकी, गुफापोखरी, मिल्के, गिद्धे, जलजले, सफापोखरी, पाँचपोखरी, मांसिङमा नुम हुदै खादबारी पुगेर राउण्ड टिएमजे ट्रेकिङ पुरा हुन्छ । तुम्लिङटारबाट हवाइ र गाडी यात्रा पछि १२ दिनको ट्रेकिङ प्याकेज पुरा हुने गर्दछ । यो ट्रेकिङ प्याकेजमा चार हजार पाँच सय मीटर सम्मको उचाइसम्म पैदलयात्रा गर्नु पर्ने हुन्छ ।

यो उच्च हिमाली क्षेत्र हो यहाँ हिउदको समयमा हिउ पर्छ । यहाँ जाँदा बाक्लो लुगा लगाउनुपर्दछ ।