ऋषव गौतम निर्वाचनको प्रचार–प्रसारको क्रममा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई साक्षी राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले “डाक्टर साब, नयाँ बजेटको खाका कोर्न सुरु गर्नुस्” भनेको कुरा जनजनमा गुन्जियो। त्यसैले होला, तनहुँका मतदाताले वाग्लेलाई यसपटक पनि भारी मतले जिताए। आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवार अर्थमन्त्री बन्नेछन् भन्ने भएपछि मतदाताले नजिताउन पनि कसरी? त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले…