–केपी शर्मा ओलीनेपाली संस्कृति भनेको समग्र नेपालका जात, जाति, जनजाति, आदिवासी, अल्पसंख्यक सबैका संस्कृतिको समष्टि हो । सबैका संस्कृतिको सम्पूर्णता नेपाली संस्कृति हो । एउटा मात्रै नेपाली संस्कृति भन्ने होइन । यो नेपाली संस्कृति, त्यो नेपाली संस्कृति होइन भन्ने कुरा होइन । हाम्रा सांस्कृतिक पहिचान, विविधता, गौरव, सम्पन्नता र वैभवलाई हामीले अगाडि बढाउनु पर्छ ।…