पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

चितवनः पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने केन्द्र पुनःसञ्चालन गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्ने बताए । विश्व सीमसार दिवसका अवसरमा आजबाट पुनःसञ्चालन गरिएको…