अनुसन्धानलाई आधार बनाएर मात्र पर्यटन दिगो हुन्छ : सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अनुसन्धानलाई प्राथमिकतामा राख्दै मात्र नेपालको पर्यटन दिगो र प्रतिस्पर्धी बन्न सक्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपालीज मार्केटिङ एसोसियसनका सचिव डा. सुशिल अवालेको ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरिएको विद्यावारिधी (पीएचडी) अनुसन्धानबारे छलफल कार्यक्रममा बोल्दै उनले बोर्डले तथ्य र अनुसन्धानमा आधारित नीति अवलम्बन…