काठमाडौं । जैविक विविधता, गाउँले जीवनशैली र संस्कृतिसँगै धौलागिरी–अन्नपूर्ण हिमशृङ्खलाको अनुपम दृश्य अवलोकन गर्न सकिने नयाँ पदमार्ग 'धौलागिरी आइसफल ट्रेक' को अध्ययन सुरू भएको छ। धौलागिरी हिमालको आइसफलसम्म पुग्ने यो ट्रेकिङ मार्गको सम्भाव्यता अध्ययन गर्न पर्यटन विज्ञ, स्थानीय अगुवा सहितको टोलीले बेनी, रूइसे डाँडा, खोला खर्क, सबाङ धुरी, कालिभरा, आइसफल, सुङ्गथला हुँदै पुनः बेनीसम्मको क्षेत्रमा…