माइतीघरको अष्ट्रेलिया राइट्स बिक्री


काठमाडौं । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ।

आगामी दशैंको फूलपातीबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक अहिलेसम्म रिलिज गरिएको छैन्। अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो फिल्मको लगानीको एउटा ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। यो फिल्मको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन्।

निर्माता अधिकारीका अनुसार, फिल्मलाई अन्य देशहरुमा पनि बिक्री गर्ने कुरा भइरहेको छ । यो फिल्मको अन्य देशको बिक्री पनि चाँडै हुने देखिएको छ। किनकी यो फिल्मको कथावस्तु, कलाकारको लाइनअप र निर्माणपक्षको कडा मिहेनत विदेशी बजारमा देखिएको छ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।