पर्यटन प्रवद्र्धन गर्न इलाममा योजना तर्जुमा गरिँदै


काठमाडौं । चिया र टाकुरा पर्यटन प्रवद्र्धन सम्बन्धि योजना तर्जुमा गर्न प्रारम्भिक छलफल इलाममा सम्पन्न भएको छ ।
इलाम नगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालित कार्यक्रममा इलाममा पर्यटन प्रवद्र्धन गर्न चाल्नुपर्ने कदमका विषयमा छलफल भएको छ ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै इलाम नगरपालिकाकी उपमेयर विष्णु दाहाल लिम्बूले आर्थिक चुनौतीका बीच पर्यटन प्रवद्र्धनका काम भइरहेको बताइन ।

इलाम नगरपालिकाका मेयर केदार थापाले पर्यटनमा मेयर दृष्टिकोण प्रस्तुत गर्दै एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने र दैनिक खर्च ५० डलर हुनेगरी नीति बनाइने बताए ।

सूयोदय नगरपालिकाका कार्यकारी मेयर दुर्गा कुमार बराल पर्यटनका लागि इलाम पूर्वाधार सम्पन्न भए पनि अपेक्षाकृत उपलब्धी नभएको बताए , छलफल सत्रमा पर्यटनविज्ञ कृष्ण शाहले इलामको पर्यटन विकास गर्न योजना तर्जुमाको आवश्यकता र औचित्यतता प्रकाश पारेका थिए ।

छलफल सत्रमा पर्यटनको विकास, गन्तव्यको परिचय, इलाम बजारका आसपासका क्षेत्र, रात्रिकालीन सांस्कृति गतिविधिका विषयमा केशव द्यौरालीले प्रकाश पारेका थिए ।

निजी क्षेत्रको लगानी नीति, निजी क्षेत्रको आकर्षण, पर्यटन लगानी सम्मेलनलगायतका विषयमा उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले बताए ।

नेपालमा चियाको विकास, चिया विकासका घटनाक्रम, नेपालमा चिया खेतीको सुरुवातीदेखि अहिलेसम्मको अवस्थाका विषयमा घटनाक्रम इलामका इतिहासविद् युद्ध वैद्यले प्रकाश पारे ।

इलाम खेल र खेलसँग जोडिएको पर्यटनको अवस्था र सम्भावना, खेल पर्यटनबाट हुने आर्थिक उपार्जन
नगरमा हुने खेलकुद र व्यापारको आर्थिक उपार्जनका विषयमा निरोज खड्गी र टीकाराम पुरीले बताएका थिए ।
चिया र होमस्टे पर्यटनका विषयमा नरेन्द्र गुरुङले प्रकाश पारेका थिए ।

चियाको अवस्था खरिद प्रक्रियादेखि समस्यासम्मआरसी नेपाल र जीवन न्यौपानेले प्रकाश पारेका थिए ।
इलाम पर्यटनको ब्राण्डिङ र पर्यटनको विकासका बारेमा राजेन्द्र बरालले धारणा राखेका थिए ।

छलफलमा योग, ध्यान साधनाबारे सिर्जना श्रेष्ठ, पर्यटन परिकल्पना लक्ष्य र उद्देश्य डा हीरा काजि घलेले, होमस्टे तथा सामुदायिक पर्यटन प्रवर्द्धन सुशीला सापकोटाले, कृषि तथा इको(टुरिजम विकासबारे डा योगेन्द्रमान श्रेष्ठ पर्यटन तथा सांस्कृतिक उत्सवहरुको आयोजना र बार्षिक क्यालेन्डर प्रकाशनबारे अर्जुन पोख्रेल र प्रकाश चापागाईंले प्रकाश पारेका थिए ।

मानव स्रोत विकासबारे राम रिमालले, उपहार र आथित्यता सारदा उप्रेती र रोमी कोइरालाने, भारत केन्द्रित पर्यटन रणनीतिबारे देवी पौडेलले बताएका थिए ।

छलफलमा उठेका विषयमा सरोकारवालाको सुची र विश्लेषण कोशी प्रदेशका मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुबेदीले जवाफसहित सुझाव प्रस्तुत गरेका थिए ।

छलफलको सारांश र आगामी बाटोबारे प्राध्यापक डा चन्द्र उपाध्यायले प्रस्तुत गरेका थिए ।