काठमाडौं । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङका होटलहरु विदेशी पर्यटकले भरिभराउ भएका छन्।
बुधबारदेखि सुरु भएको ऐतिहासिक तथा धार्मिक पर्व तिजी अवलोकनका लागि आएका विदेशी पर्यटकहरुको उपस्थितिले लोमान्थाङ बजारका झन्डै तीन दर्जन बढी होटलहरु पर्यटकले भरिभराउ भएका हुन् ।
तिजी अवलोकन गर्न बुधबार ३०७ जना विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण लोमान्थाङस्थित संरक्षण आयोजना (एक्याप) जनाएको छ । तिब्बती संस्कृति झल्किने करिब छ सय वर्ष पुरानो तिजी ३५० जना विदेशी पर्यटकले अभिरुचिपूर्वक अवलोकन गरेका एक्याप प्रमुख उमेश पौडेलले जानकारी दिए ।
यो पर्वका अवसरमा खुखशान्तिको कामना गर्र्दै बुधबारदेखि बौद्धभिक्षुहरूले पाठपूजा गरिरहेका छन् । साथै स्थानीयले नृत्य पनि
प्रस्तुत गर्ने परम्परा छ । तिजीमा स्वदेशी पर्यटक पनि उल्लेख्य रूपमा आउने गरेका छन् ।




प्रतिक्रिया