१४ प्रतिस्पर्धीलाई उछिन्दै ‘मिस युनिभर्स नेपाल २०२५’ बनिन् सान्या अधिकारी


काठमाडौं । सान्या अधिकारीले ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि जितेकी छन् ।
बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा भएको ग्रान्ड फिनालेमा सान्या उपाधि जित्न सफल भइन । सान्यासँगै फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता बने ।

विजेता अधिकारीले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरेकी छन् । उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ । मिस युनिभर्स संसारका शीर्ष ५ सौन्दर्य प्रतियोगिता मध्येमा पर्छ ।