पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा


कास्की । पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ ।

अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको बुधवार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरिन् ।

देउवाले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन् ।

उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।
‘अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ’, उनले भनिन् ।