काठमाडौं । गायिका एलिना चौहानलाई गाली गलौज गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका डिआइजी नविन्द अर्यालका अनुसार पक्राउ पर्नेमा चितवन घर भई ललितपुरको बाडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राई छन्। उनलाई काठमाडौं जिल्ला अदालत लगेर म्याद थप गर्ने तयारी छ।
गायिका एलिना चौहानले गत सोमबार साइबर ब्युरो गई सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी थिइन्। एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्।
प्रतिक्रिया