काठमाडौं । फिल्म ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । फिल्ममा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशन हुनेछ ।
बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने फिल्म माघ १ गते रिलिज हुनेछ । टेलिचलचित्रबाट मरिचमान ठूलो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए ।
फिल्ममा वर्षा शिवाकोटी, पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)को अभिनय रहनेछ । मरिचमानका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।
प्रतिक्रिया