जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो-नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८ )मा प्रभावकारी रुपमा सहभागिता जनाएको छ।

वायुसेवा, होटल, पर्यटन लगायतका सेवा प्रदायक संस्थाको सहभागिता सञ्चालित एक्स्पो सेप्टेम्बर २० देखि २३सम्म जापानको टोकियो शहरमा विश्वका एक सय तीसभन्दा बढी देशका एक हजार तीन सय बढी पर्यटनसंग संबद्ध संघ संस्थाहरुले भाग लिएको नेपाल पर्यटन बोर्डका प्रवन्धक रोहिणीप्रसाद खनालले बताए।

सम्भावित जापानी पर्यटकहरुलाई जानकारी दिने, ब्यवसायीबीच ब्यापारिक बैठक गर्ने (विटुवी), संचार माध्यममार्फत पर्यटन सूचना संप्रेषण गर्ने लगायतका प्रभावकारी माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने अवसर प्राप्त भएको विश्वास व्यक्त गरिएको छ। बोर्डको नेतृत्वमा नेपाल बायुसेवा निगमलगायत निजी क्षेत्रका चार पर्यटन व्यवसायी कम्पनीहरुको सहभागिता रहेको थियो।

अराउण्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शाम्बाला र नेत्र टुर्स एण्ड ट्राभल एण्ड टुर सो एक्स्पोमा सहभागी भएका थिए। पर्यटन मन्त्रालयका सहसचिव निता अर्याल पोखरेल, पर्यटन बोर्ड सदस्य अवधेसकुमार दास तथा बोर्डका प्रबन्धक रोहिणी प्रसाद खनाल सहभागी छन्।

जापानमा नेपाललाई एक शुरक्षित, भरपर्दो तथा आकर्षक गन्तव्य स्थलका रुपमा स्थापित गर्ने र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को बारेमा जानकारी दिने तथा नेपालको पर्यटन गतिविधि तथा नयाँ पर्यटन उपजहरुको वारेका सूचना प्रवाह गर्ने तथा पर्यटन व्यबसायीहरु बीचव्यापारिक छलफल भएको थियो।

अधिकांश बुद्ध धर्मावलम्बीभएको जापानीहरुले नेपाललाई बुद्ध जन्मस्थल, धार्मिक गन्तव्य, अध्यात्मिकउपचार केन्द्र तथा साहसिक गतिविधिले भरिपूर्ण भएको गन्तव्यस्थलको रुपमा लिने गरेका छन्। उनीहरु मुख्य रुपमा काठमाण्डौ, पोखरा, चितवन, लुम्विनीलगायतका स्थानमा भ्रमण गर्न तथा अन्नपूर्ण र सगरमाथा क्षेत्रमा पदयात्रामा जान रुचाँउछन्।

नेपाल वायु सेवा निगमले निकट भविश्यमा गर्ने काठमाण्डौं र टोकियोबीच सिधा उडानको खवरले पर्यटन संबद्ध सबैमा आशा पलाएको र सन् २०१७ मा नेपालमा झण्डै १० लाखपर्यटक आगमन भएको बोर्डले जनाएको छ। जसमध्ये लगभग १८ हजार जापानी पर्यटकको आगमन भएको थियो।

    Comment Here!