आगामी ५ वर्षमा हामी साच्चिकै समृद्ध बन्छौँ

रामेश्वर श्रेष्ठ

इमाडोल, सिद्धिपुर, टीकाथली, लामाटार र लुभु गाविस मिलेर महालक्ष्मी नगरपालिका बनेको छ । ललिपुरका केही विकट गाविस मिलेर बनेको हुनाले यस नगरपालिकाको विकास गर्नका लागि अरूतिरभन्दा बढी चुनौती छ ।

हामी निर्वाचित भएर आइसकेपछि नगरपालिकालाई समृद्धिका लागि पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेका छौँ । नगरपालिकाले नगरको विकास गर्नका लागि अहिले सबभन्दा पहिलो काम पूर्वाधारको काम गरिरहेको छ । पूर्वाधारमा सडक, खानेपानी र ढल यसका मुख्य काम छन् । अहिले पाँच वटा बाटोको पिपिआर भएका छन् ।

नयाँ नगरपालिका भएकाले पनि होला, अधिकांश सडक कालो पत्रे छैन । हामी पाँच वर्षमा सबै वडालाई छुनेगरी सडक कालोपत्र गर्ने तयारीमा रहेका छौँ । त्यसका लागि सबै वडालाई सडक विस्तार गरी कालोपत्रे गर्नका लागि सिमांकनको जिम्मा दिएका छौँ । सिमांकन गरेर नै कालोपत्रे गर्ने हो । सबै वडाका बाटोहरू फराकिलो नभएकोले नक्साअनुसार बाटो निकाल्न भनेका छौँ । सडक डिभिजन कार्यालयसँगको सहकार्यमा सबै वडाले सिमांकन गर्नेछन् र निकट भविष्यमा ती बाटोलाई कालोपत्रे बनाइनेछ ।

यस्तै सिद्धपुर-स्कुलचौक हुँदै धारा चोकसम्मको बाटोलाई पहिलो प्राथमिकता राखेर काम भइरहेको छ । यसैगरी वडा नं. ५ को पवनप्रकृति स्कुलदेखि भीमसेन मार्गको बाटोको पिपिआर भएको छ । यस्तै वडा नं. ५ र ७ जोड्ने पुल पनि निर्माण भइरहेको छ । वडा नं. २ मा पुल र बाटो निर्माण भइरहेको छ ।

महानगरपालिकासँग जोड्ने पुल र बाटोहरू पनि निर्माणको चरणमा छन् । यस्तै वडा ५ र ७ जोडने बाटो टीकाथली र चागाथली जोड्ने पुलको सर्भेका काम भइरहेको छ । पुल र बाटोसँगसँगै लैजाने कार्य भइरहेको छ ।

यसैगरी ढलको निर्माणलाई पनि अगाडि बढाएका छौँ । वडा नं. ५ देखि ९ सम्मको सर्वे गर्ने काम सकिएको छ । वडा नं. ४ मा ढल निर्माण कार्य भइरहेको छ ।

स्थानीय बजेटबाट हरेक वडामा विकास निर्माणको काम भइरहेको छ । एक देखि १० वडासम्म पिच बनाउने, ढलान गर्ने भइरहेको छ । कृष्णमन्दिरदेखि ढुंगिनसम्म उपत्यका विकास विस्तार आयोजना प्राधिकरणको सहयोगमा चार लेनको बाटो बनाइरहेका छौँ । हामीले त्यो बाटोलाई निममित अनुगमन गर्नेजस्ता कार्य गरिहेको छौँ । र, अप्ठ्यारोलाई निरोपण गर्ने काम गरिहेका छौँ ।

अर्को यहाँको सबभन्दा ठूलो समस्या भनेको खानेपानी रहेको छ । खानेपानी दिगो समाधान गर्नका लागि १६ वटा डिप बोरिङलाई नियमित गर्ने काम भइरहेको छ । डिप बोरिङलाई स्तरोन्नति गरिरहेका छौं । हामीले सबैलाई पानी पुर्‍याउनका लागि समानुपातिक पानी वितरण गरिरहेका छौं । एउटा वडामा आज पानी खायौ भने अर्को दिन पाउँदैनन् । सबै वडामा अल्टरनेटिभ हिसाबले पानी पुर्‍याउने काम भइरहेको छ ।

उपत्यका खानेपानी, ललिपुर खानेपानी विभागसँग मिलेर दीर्घकालीन खानेपानी समस्या समाधानका लागि लागिपरेका छौं । उपत्यका खानेपानीसँग मिलेर चापाखर्क खानेपानीको मुहानमा अध्ययन गर्‍यौँ । त्यसलाई थप स्तरोन्नत गर्ने काम भएको छ । यस्तै हामीले उपत्यका खानेपानी योजनाले वासप्लान राख्ने भएको छ ।

त्यसपछि वालिगदहको पानीलाई ल्याउने प्रयास भइरहको छ । यसरी खानेपानी दिगो समाधान गरिरहेका छौं । यस्तै नगरभित्रको खानेपानीका मुहान र बोरिङलाई एकीकृत रूपमा लैजाने छौँ । हामीले नगरपालिकामा नगरपालिका खानेपानी प्राधिकरण गठन गर्ने कुरासमेत भइसकेको छ । एक घर एक खानेपानीको पाइप पुर्‍याउनका लागि यो अभियान सञ्चालन गर्दै छौं । मेचम्चीको दोस्रो फेजको पानी ल्याउन प्रयास पनि भइरहेको छ ।

अर्को स्वास्थ्यमा पनि हामीले काम गरिहेका छौँ । हामीले चार वटा स्वास्थ्यचौकीलाई स्तरोन्नत गरिरहेको छौं । इमाडोल स्वास्थ्यचौकी, लामाटार, टीकाथली, सिद्धपुरमा भएका स्वास्थ्यचौकीलाई स्तरोन्नत गरिसकेका छौँ । सबैमा अहिले हेथ्य असिसटेन्ट राखेका छौं भने लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा भने तीन जना चिकित्सकको टोलीरहेको छ । पहिले डाक्टर थिएनन् । अस्पतालमा परिणत गर्ने योजना रहेको छ । अस्पतालको सबै सेवा दिइरहेका छौँ ।

औषधि सबै ठाउँमा पुगेको छ । पहिले औषधि पुग्दैन थियो तर अहिले पुगेको छ । लुभुमा रहेको स्वास्थ्य केन्द्रमा एक्स–रे, इसिजी, अल्ट्रासाउन्ड, विशेषज्ञको सेवा रहेको छ । हरेक दिन बुधबार मधुमेह, स्त्रीरोग दन्तरोगको सेवा दिइरहेका छौँ । हामीले लुभुको प्राथमिक स्वास्थ्य केन्द्रलाई नमुना अस्पताल बनाउने योजनमा रहेका छौँ । २४ घण्टा इमेरजेन्सीको सेवा पनि सञ्चालन गरेका छौँ । २४ घण्टा सुत्केरी सेवा दिएका छौँ । अक्सिजन सहितको एम्बुलेन्स सेवा दिइरहका छौँ । साथमा एक जना स्वास्थ्यकर्मी पनि पठाउने गरेका छौँ ।

शिक्षाको सवालमा

यस नगरपालिकामा १० जोड दुई साइन्स क्याम्पस रहेको थिएन । नगरपालिकाले यसवर्षदेखि महालक्ष्मी क्याम्पसमा १० जोड दुईमा साइन्स क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने भएको छ ।

प्राविधिक र गुणस्तर शिक्षामा जोड दिएका छौं । सबै स्कुलमा प्राविधिक शिक्षा पढाउने व्यवस्था गर्दै छौं । ती विद्यालयले कुनकुन प्राविधिक विषय पठाउन सक्छन् निवेदन माग गरिरहेका छौँ । उनीहरूले दिएको निवेदनको आधारमा प्राविधिक स्कुल सञ्चालन गर्नका लागि अनुमति दिने छौँ । हाम्रो नगरपालिकाभित्रको विद्यालयको गुणस्तर बनाउनका लागि हरेक स्कुलमा प्रअको भेला राख्ने काम गरिरहेका छौँ ।

शिक्षक–अभिभावकसँग मिलेर कस्तो शिक्षा बनाउने भनेर भेला गरेका थियौँ । त्यसैगरी निजी स्कुलका सञ्चालक र प्रअसँग शिक्षा गुणस्तर गराउनका लागि के गर्नुपर्दछ भनेर रायसल्लाह लियाँै । शिक्षा हाम्रो नगरपालिका आइसकेपछि शिक्षा विभाग नै खडा गरेका छौं । पशु, कृषि योजना राजस्व प्रशासन र लेखाशाखा रहेका छन् । अरू शाखा पनि बढ्दै छन् । साझा अधिकार १५ वटा रहेका छन् । प्रदेशसँग मिलेर ती १५ काम गर्नेछौं ।

पर्यटनको क्षेत्रमा

नगरपालिकाभित्र रहेको लाँकुरी भञ्ज्याङलाई पर्यटन केन्द्रको विकास गर्ने लक्ष्य रहेको छ ।  लाँकुरी भञ्ज्याङलाई पर्यटन स्थल बनाउनका लागि गुरुयोजना बनाएर पर्यटन मन्त्रालयसँगै पत्रचार गरेका छौँ । दुईपटक छलफलसमेत गरिएको छ । लामाटार–१० स्थित लाँकुरी भञ्ज्याङलाई डिप्लोमेटिक गन्तव्यस्थल, ठुल्ठूला रिसोर्ट पिकनिकस्थल, निममित घुम्ने साइक्लिङ हाइकिङजस्तो बनाउने योजना रहेको छ । नियमित पर्यटन बस्ने योजना बनाउनेछौं । यसका लागि तारागाउँसँग सहकार्यका लागि अनुरोध गरेका छौँ ।

नगरपालिकाले नगरलाई मुलुकजस्तै समृद्धि बनाउने योजना बनाउने भए पनि कर्मचारीको अभावका कारण काम गर्नमा समस्या भएको छ । सरकारले पठाएका कर्मचारी पनि नआउँदा र पर्याप्त मात्रामा कर्मचारी नहँुदा काममा प्रभावित भएको छ ।

न नगरपालिकालाई करारमा कर्मचारी राख्न दिएको छ । पहिले पुरानो गाविसमा रहेका कर्मचारीबाहेक अरू करारमा कर्मचारी राख्न पाइएको छैन । कानुनदेखि सबै चिज हेर्ने भएपछि कर्मचारीको अभावले काम गर्न सकेको छैन । कर्मचारीलाई बस्न ठाउँ छैन । कतिपय कर्मचारीले साघँुरो ठाउँमा बसेर काम गरिहेका छन् ।

अहिले सय कर्मचारी भए पनि स्थानीय सरकार भए पनि सबै विभाग गठन भएका छैनन् । कर्मचारीको अभावले कानुन शाखा र अनुगमन हुन सकेको छैन । एक वटा शाखामा १० जना कार्मचारी रहने व्यवस्था भए पनि एक जनाले मात्र सञ्चालन गरेका छन् ।

आर्थिक अभावका कारण अपेक्षाकृत रूपमा काम हुन सकेको छैन । अहिले नगरपालिकाले तीन वटा भवन भाडामा ल्याएर सञ्चालन गरे पनि साँघुरो कार्यालय रहेको छ । पुराना भवनमा वडा कार्यालय राखिएको छ । भवन निर्माणका लागि जग्गा खोजी जारी रहेको छ ।

सरकारले सिँहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याउने भनेता पनि अझै पुग्न सकेको छैन । अधिकारको प्रयोग, कर्मचारीको अभाव र आर्थिक बजेट कम हुँदा सिँहदरबारको अधिकार गाउँमा पुर्‍याउन नसकिएको हो ।

आगामी पाँच वर्षमा समृद्धि नगरपालिका बनाउने योजना रहेको छ । हामीले पहिलो नगरसभाबाट नै निर्णय गरिसकेका छौं । स्वच्छ सुन्दर समृद्धि अल्पकालीन, मध्यकालीन र दीर्घकालीनका बनेका छन् । तर, बजेट अभावका कारणले मास्टर प्लान बनाउन सकेका छैनौँ । वेसलाइन सर्वे पनि गर्न सकेको छैन । अहिले १० करोड विकास खर्च दिएको छ । २० करोड कर्मचारी खर्चमा रहेको छ । हामीले स्थानीय स्रोतलाई परिचालन गरेर १० करोड उठाउने योजना रहेका छौँ । ४० करोडको बजेटले कतिसम्म नगरलाई त्यो गरिरहेका छौँ ।

युवालाई रोजगारी तालिम

नगरपालिकाभित्रका युवालाई उद्यमी बनाउने योजना ल्याएको छौँ । युवालक्षित कार्यक्रम ल्याएका छौँ । पूर्णतया युवालाई उद्यमी बनाउने भनेका छौँ । बिजुली हाउसवाइरिङ, टायल बिछ्याउने, अटोमोबाइल, मोबाइल, ब्युटिसियनजस्ता विषयमा तालिम दिई युवालाई स्वरोजगारतर्पm उन्मुख गराउने योजना छ । सिटिइभिटी र घरेलु उद्योगसँग हामीले समन्वय गरेर चाँडै नै युवा रोजगारी उद्यमी सञ्चालन गर्नेछाँ । एक वडामा १० जना युवालाई उद्यमी बनाउने योजना रहेको छ ।

आठ महिनामा सबभन्दा उपलब्ध जेष्ठ नागरिकलाई थप पाँच सय रुपैयाँ दिएका छौँ । एकल महिलालाई औषधि खर्चका लागि पाँच सय दिने गरेका छौँ । करिब १ हजार ५ सय परिवारलाई सामाजिक भत्ता दिएका छौँ । उक्त भत्ता साउनदेखि चौमासिक रूपमा वितरण गर्दै आएकाले सबै खुसी देखिएका छन् ।

अहिले हरेक वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । खानेपानीलगायत ढलको सर्वे गर्ने काम पनि सँगैसँगै सुरु भइसकेको छ । बेसलाइन र मास्टरप्लान गर्नका लागि हामीसँग साधन स्रोतको अपर्याप्तताले गर्दा पाँच वर्षमा नगरपालिका कस्तो हुने भन्ने ठ्याक्कै भन्न नसकेता पनि नमुना नगरपालिका बनाउनमा भने हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।

श्रेष्ठ महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख हुन

    Comment Here!