बढ्यो हवाइ भाडा

काठमाडौं । वायु सेवा सञ्चालक संघले आन्तरिक हवाइ भाडा बढाएको छ । नयाँ भाडादर मंगलबारदेखि लागू हुने संघले जनाएको छ । हवाइ इन्धनको मूल्य बृद्धि भएपछि बसेको संघको बैठकले दूरी अनुसार ४५ रुपैयाँदेखि २ सय २० रुपैयाँसम्म भाडा बढाएको छ । हवाइ भाडामा सबैभन्दा कम काठमाडौं सिमराको भाडा बढेको छ भने सबैभन्दा बढी काठमाडौं धनगढीको बढेको छ ।

आन्तरिक उडानमा कहाँको भाडा कति ?

उडान बढेको रकम (रु) अहिलेको भाडा  (रु)
काठमाडौं-धनगढी २२० १२,३२०
काठमाडौं-नेपालगन्ज १६५ ९,४००
काठमाडौं-भद्रपुर १५० ८,७५०
काठमाडौं-विराटनगर १२० ७,२२०
काठमाडौं-भैरहवा १०५ ६,०५५
काठमाडौं-तुम्लिङटार ९५ ५,७२०
काठमाडौं-पोखरा ८० ४,७३०
काठमाडौं-भरतपुर ५५ ३,५०५
काठमाडौं-सिमरा ४५ ३,०५०

सरकारले तीन दिन अघि हवाई इन्धनको मूल्य प्रति लिटर ५ रुपैयाँका दरले बढाएको थियो । त्यही अनुरुप हवाई भाडा बढाइएको संघका कोषाध्यक्ष रुपेश जोशीले जानकारी दिए । संघले माउन्टेन फ्लाइटको भाडा दुई अमेरिकी डलरले बृद्धि गरेको छ । संघले तोकेको भाडादर अधिकतम हो । वायुसेवा कम्पनीको प्रतिस्पर्धाका कारण उपभोक्ताले कम लागत मै हवाइ यात्रा गर्दै आएका छन् ।

    Comment Here!