धरानमा पर्यटन बजेट एक करोड

धरान । धरानमा पर्यटन प्रबद्र्धन गर्न धरान उपमहानगरपालिकाले एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

उपमहानगरपालिकाका मेयर तारा सुब्बाले पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको सपना देखेको धरानले २०५५ सालदेखि नै संस्थागत रुपमा पर्यटन विकासको अवधारणा लिएर अघि बढेको बताए । उनले प्रत्येक वर्ष चार लाख रुपैयाँमा सीमित पर्यटन क्षेत्रको बजेटलाई विस्तार गरेर एक करोड पुर्‍याएको बताएका छन् ।

पर्यटन प्रबद्र्धन गर्न बनेको समितिको बैठकमा सम्बोधन गर्दै सुब्बाले भने, ‘हामी पर्यटनको माध्यमबाट धरानको आर्थिक समृद्धि खोज्दैछौं । समय लाग्न सक्छ । युवालाई आफ्नै गाउँघरमा रोजगार दिलाउने सपना साकार पार्नुछ । त्यो पर्यटनबाट मात्रै सम्भव छ ।’ मेयर सुब्बाले यो अभियानलाई अघि बढाउन समय लागेपनि उपमहानगरले बनाएको समितिमा व्यवसायी, पर्यटन विज्ञ, यस क्षेत्रका जानकार, चासो राख्ने सबैलाई समेटिएकाले सबैको सहयोगबाट धरानमा पर्यटन सम्भवन हुने बताए ।

सुब्बाले चलाएको अभियानको स्वागत गर्दै धरानमा पर्यटन व्यवसाय सञ्चालन गरेर बसेका बासु बरालले यो अभियान सुखद रहेको बताए । उनले भने, ‘पर्यटन समितिको नेतृत्व मेयर आफैंले गरेको हुनाले पनि पर्यटन उहाँको मुख्य मुद्दा र पर्यटन विकासमा उहाँले महत्वका साथ लाग्नुभएको बुझिन्छ । धरानका लागि यु एकदमै खुसीको कुरा हो ।’
धरान उपमहानगरपालिकाले धरानलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका व्यवसायी, पर्यटन क्षेत्रका जानकारलाई समेटेर धरान पर्यटन प्रबद्र्धन समिति गठन गरेको थियो ।

    Comment Here!