चौथो पर्वतीय महोत्सव २५ मंसिरमा

पोखरा । चौथो पर्वतीय महोत्सव मंसिर २५ र २६ गते पोखरामा सञ्चालन हुने भएको छ ।

लेखनाथ महानगरपालिका १७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा सञ्चालन हुने महोत्सवमा हिमाली एवं उच्च पहाडी क्षेत्रको जैविक विविधता, ज्ञान, सीप, भेषभूषा, संस्कृति, खेलकुदलगायत विविध पक्षको जानकारी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

विश्व पर्वतीय दिवसका अवसरमा आयोजन ागर्न लागिएको महोत्सवमा साहसिक खेल चट्टानारोहण लगायत छेलो, धनुषबाण, साइकल र सडक दौड प्रतियोगिता तथा गाईजात्रा, याकनाच प्रदर्शनसहित विभिन्न खानाका परिकारका कक्ष रहने आयोजकले जनाएको छ ।

जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरण र पैदलयात्राको वर्तमान अवस्थाबारे सन्देशमूलक कक्ष पनि रहने संग्रहालयका प्रमुख बलप्रसाद राईले बताए ।

एक दशकदेखि बनाएर सञ्चालनमा आएको संग्राहलयमा विश्वका हिमालमा आजसम्म भएका गतिविधि र हिमाली क्षेत्रमा बसोवास गर्ने विभिन्न जातजातिको प्राचीन जीवनशैली झल्कने सामग्री प्रदर्शन गरिएको छ ।

    Comment Here!