पर्यटकीय मार्ग लाङटाङ खोलामा पुल बन्यो

रसुवा । रसुवाको पर्यटकीय पदमार्गअन्तर्गत लाङटाङ खोलामा पुल निर्माण भएको छ । ‘समरिटन पर्स’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घोडातबेलानजिक लाङटाङ खोलामा २७ मिटर लामो र २ मिटर चौडाइको फलामे पुल बनेको गोसाइँकुण्ड गाउँपालिका ४ नं वडा कार्यालयले जनाएको छ ।

पुलको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र दाता संस्थाका प्रबन्धक मेलोडी मोस्कोस्कीले उद्घाटन गरेपछि शनिबारदेखि सञ्चालनमा आएको रसुवाका प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिए । पुल निर्माणको लागत ४० लाख भएको दाता संस्थाले जनाएको छ ।

    Comment Here!