चितुवाको आक्रमणमा ज्यान गुमाउनेको परिवारलाई १० लाख राहत

अछाम । चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई जिल्ला वन कार्यालयले १० लाख रुपैयाँ राहत प्रदान गरेको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षका पवन भुलको परिवारलाई यो रकम प्रदान गरिएको हो ।

राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो । उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो ।

सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो ।

मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    Comment Here!